दफा ४३
खनिज कार्यका लागि वनक्षेत्र प्रयोग गर्न सक्ने
(१) राष्ट्रिय वनभित्र खनिज पदार्थ भए नभएको अन्वेषण गर्नु पर्ने भएमा सम्बन्धित निकायको अनुरोधमा प्रदेश मन्त्रालयले सोको लागि अनुमति दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको अन्वेषणबाट राष्ट्रिय वनभित्र खनिज पदार्थ रहेको पत्ता लागि उत्खनन्‌ गर्नु पर्ने भएमा प्रचलित: कानून बमोजिम वातावरणीय अध्ययन गरी त्यसरी - उत्खनन्‌ गर्दा वातावरणमा उल्लेख्य प्रतिकूल असर नपर्ने भएमा त्यस्तो खनिज पदार्थ उत्खनन्‌ गर्नको लागि नेपाल सरकारले वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिन सक्नेछ।

तर राष्ट्रिय-प्राथमिकताप्राप्त आयोजना वा लगानी बोर्डबाट स्वीकृत भएको आयोजना वा राष्ट्रिय गौरवको आयोजना वा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा प्रयोग हुने कच्चा पदार्थ उपयोग गर्न बाहेक बनक्षेत्रभित्र पर्ने चट्वान, ढुङ्गा र माटो उत्खनन्‌ गर्न पाइने छैन।